रास्वपाद्वारा आन्दोलनको चेतावनी, यस्तो छ कारण

रास्वपाद्वारा आन्दोलनको चेतावनी, यस्तो छ कारण

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद मनिष झाले सरकारलाई आन्दोलनको चेतावनी दिएका छन् ।

बिहीबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले जनकपुरधामको खेलकुद मैदानमा दलाल छिरेको भन्दै खेलाडीको सपनामा कुनै व्यवधान भयो भने आन्दोलन गर्ने चेतावनी दिए ।

लक्ष्मणकुटीको नाममा रहेको १७ बिगा जमिन (जसको डीपीआर गरेर साढे २ अर्बको एउटा अन्तर्राष्ट्रिय रंगशालाको परिकल्पना पनि भइसकेको छ) मा बिचौलियाको चलखेल भएमा आन्दोलन गर्ने चेतावनी दिए ।

उनले भने, ‘नेपालको राजनीतिक इतिहासमा अहिलेसम्म यो कुरा सुनेका छैनौं कि खेलकुद मैदानका लागि आन्दोलन भयो तर जनकपुरधाममा धेरै चाँडै खेलकुद मैदानका लागि आन्दोलन गर्दैछौं । लक्ष्मणकुटीको नाममा रहेको १७ बिगा जमिन जसको डीपीआर गरेर साढे २ अर्बको एउटा अन्तर्राष्ट्रिय रंगशालाको परिकल्पना पनि भयो, सबै भयो खेलकुद परिषद्ले गुठी संस्थानलाई वार्षिक ९ लाख तिर्दथ्यो, त्यसको लागि अहिलेसम्म ४ करोड खर्च पनि गरेको थियौं । तर खै के प्रलोभनले हो ? त्यसको भाडा एक्कासि ९ लाखबाट ४९ लाख ६० हजारमा बढाइयो । यसमा पक्कै पनि समृद्ध बिचौलिया र दलाल छिरे जस्तो छ । अब यदि जनकपुरको खेलाडीको सपनामा कुनै व्यवधान भयो भने आन्दोलन चाँडै हुनेछ ।’