काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकलाई यथाशीघ्र राजीनामा दिएर अनुसन्धानलाई सघाउन माग गरेको छ ।
रास्वपा कार्यबाहक प्रवक्ता मनिष झाले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै गृहमन्त्री लेखकले राजीनामा नदिए संसद् अवरुद्ध हुनसक्ने संकेत गरेको छ ।
‘यस मुद्दालाई लिएर आगामी दिनमा सदन अवरुद्ध हुँदा त्यसले उत्पन्न गर्ने नेपाली राजनीतिप्रति घृणाको कारम नहुन पनि सुझाव दिन्छौं,’ विज्ञप्तिमा उल्लेख छ ।
रास्वपाले विगतमा सांसद रमेश लेखकले नै सदनमा ‘प्रश्न उठेपछि राजीनामा दिएर छानबिनमा सघाउनुपर्छ’ भनेर स्मरण गराएको छ ।
हेर्नुहोस् विज्ञप्ति –

प्रतिक्रिया