भिजिट भिसा प्रकरणमा रास्वपाको ५ बुँदे प्रस्तावमा के–के छ ?

भिजिट भिसा प्रकरणमा रास्वपाको ५ बुँदे प्रस्तावमा के–के छ ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने लगायत ५ बुँदामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रस्ताव राखेको छ ।

संसद्को अवरोध हटाउन जारी छलफलका क्रममा रास्वपाले ५ बुँदे प्रस्ताव अघि सारेको हो ।

प्रस्तावमा मुख्यगरी भिजिट भिसाको दुरुपयोग तथा मानव तस्करीबारे छानबिन गर्न उच्चस्तरीय समिति बनाउन प्रस्ताव गरिएको छ ।

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखक मुछिएको भन्दै प्रतिपक्षीले जेठ १३ गतेदेखि संसद् अवरुद्ध गरिरहेका छन् । विपक्षी दलले गृहमन्त्रीको राजीनामा र उच्चस्तरीय छानबिन बनाउन माग गर्दै आए पनि सत्तापक्ष तयार नहुँदा सहमति जुट्न सकेको छैन ।