अब फोहर व्यवस्थापनमा समस्या नहुने

अब फोहर व्यवस्थापनमा समस्या नहुने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- काठमाडौं महानगरपालिकाले उपत्यकामा वर्खाको समयमा फोहर व्यवस्थापनमा समस्या नहुने जनाएको छ ।

विगतमा वर्षातको समय सुरु भएसँगै फोहोर व्यवस्थापनमा समस्या हुँदै आएको थियो । तर अहिले अधिकांश स्थानमा सडक मर्मत भइसकेको र बाँकी रहेका केही स्थानमा पनि काम भइरहेको जनाएको छ ।

त्यसैले आउँदै गरेको वर्षातमा समस्या नहुने महानगरका वातावरण विभागका प्रमुख सरिता राईले जानकारी दिइन्।

उनका अनुसार फोहोर व्यवस्थापनस्थल बञ्चरेडाँडासम्म जाने बाटोसम्बन्धि चुनौती हटेकाले आगामी दिनमा समस्या हुने छैन ।

उनले भनिन्, ‘सिसडोलमा यस वर्ष फोहोर व्यवस्थापनमा समस्या हुँदैन।’

राईका अनुसार तीनपिप्लेदेखि सिसडोलसम्म पर्खाल निर्माण गरिएकाले नियमित पानी परे पनि समस्या हुँदैन ।

वि.सं २०६८ मा फोहोरमैला व्यवस्थापन ऐन र २०७७ मा काठमाडौं महानगरले जारी गरेको वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन बमोजिम सहरी सरसफाइ र स्वच्छताका लागि फोहोर स्रोतमै छुट्याउने नियम छ ।

तसर्थ यसको दायित्व उत्पादकको हुने कानुनी व्यवस्था रहेकाले अब सोही व्यवस्थाअनुरूप अघि बढ्ने पनि महानगरको तयारी छ ।

बञ्चरेडाँडामा लागिने फोहोरको मात्रा कम र वैज्ञानिक व्यवस्थापन गर्नका लागि महानगरले ३२ वटा वडालाई सात क्षेत्रमा विभाजन गरेको छ । प्रविधि प्रयोगमार्फत फोहोरमैलाको उचित व्यवस्थापन गर्ने कामपाको कार्यवाहक प्रमुख सुनिता डंगोलले सार्वजनिक गरेको नीतिमा उल्लेख छ ।

अब महानगरले फोहरमैला व्यवस्थापन सेवा शुल्कलाई प्रदूषकले तिर्ने सिद्धान्तअनुरूप एकद्वार प्रणालीमार्फत संकलन गर्ने व्यवस्था मिलाउने भएको छ ।

बञ्चरेडाँडा ल्यान्डफिल साइटमा मेकानाइज्ड मेटरियल रिकभरी फ्यासिलिटी सञ्चालन गरी वैज्ञानिक व्यवस्थापन गरिने नीति तथा कार्यक्रममा स्पष्ट उल्लेख छ ।

‘स्थानान्तरण केन्द्रबाट निष्कासित न्यून फोहोरलाई बन्चरेडाँडा ल्यान्डफिल साइटमा मेकानाइज्ड मेटरियल रिकभरी फ्यासिलिटी सञ्चालन गरी फोहोरको वैज्ञानिक व्यवस्थापन गरिने महानगरको तयारी छ ।

बञ्चरेडाँडा ल्यान्डफिल साइटमा फोहोरमैला विसर्जन गर्ने प्रत्येक स्थानीय तहबाट फोहोर परिमाण र प्रकृतिका आधारमा वित्तीय साझेदारी गर्न पहल गर्ने नीतिमार्फत स्पष्ट रुपमा घोषणा गरिसकेको छ ।