रुबी खानलाई रिहा गर्न सर्वोच्चको आदेश


काठमाण्डु – सर्वोच्च अदालतले महिला अधिकारकर्मी रुबी खानलाई तत्काल रिहा गर्न र पुनः धरपकड नगर्न आदेश दिएको छ । बहुविवाहको आरोपमा गत शुक्रबार प्रहरीले रुबीलाई पक्राउ गरेर हिरासतमा राखेपछि अधिवक्ता मोहना अन्सारीले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ गर्दै बिहीबार न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासले रुबीलाई तत्काल रिहा गर्न र रिहापछि पुनः धरपकड नगर्न आदेश दिएको हो ।

बाँकेमा भएका दुईवटा महिला हिंसाको घटनामा प्रहरीले प्रभावकारी अनुसन्धान नगरेको भन्दै रबीसहितको टोली न्यायको माग गर्दै नेपालगञ्जबाट २० दिनको पैदलयात्रापछि काठमाण्डुमा आएर माइतीघर मण्डलामा धर्ना दिएका बेला गत शुक्रबार उनलाई प्रहरीले पक्राउ गरेको थियो । पक्राउपछि रुबीलाई नेपालगञ्ज लगिएको थियो

प्रतिक्रिया दिनुहोस