काठमाण्डु– रुपन्देही प्रहरीले भारतबाट अवैध रुपमा भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको करिब २० लाख ५० हजार बराबरको ‘आइफोन’ बरामद गरेको छ ।
कोटहीमाई गाउँपालिका–५ स्थित बेनिनगरमा सोमबार नेपालतर्फ आउँदै गरेको युपी ५६ डिएक्स ८८३८ नम्बरको भारतीय मोटरसाइकल चेकजाँच गर्दा एप्पल कम्पनीका विभिन्न मोडलका आइफोन फेला परेको हो ।
इलाका प्रहरी कार्यालय मझगावाँबाट खटिएको प्रहरी टोलीले उक्त फोन बरामद गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी, प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिए ।
प्रहरीले एप्पल कम्पनीका विभिन्न मोडलका ३५ थान आइफोन बरामद गरी मोटरसाइकलसहित आवश्यक कारबाहीको लागि भैरहवा भन्सार कार्यालय पठाइएको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया