रुपन्देहीमा प्रभु बैंकको एक्स्टेन्सन काउण्टर सञ्चालन


काठमाडौं – प्रभु बैंकले आजदेखि रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा नं। १०, रामनगरस्थित श्रम तथा रोजगार कार्यालयको परिसरमा एक्स्टेन्सन काउण्टर स्थापना गरेको छ। उक्त कार्यालयका प्रमुख बालकृष्ण थापाले एक समारोहका बीच बैंकको रामनगर एक्स्टेन्सन काउण्टरको उद्घाटन गरेका हुन्।

कार्यक्रममा मन्तव्य दिँदै थापाले श्रम तथा रोजगार कार्यालयको सम्पूर्ण कारोबार आजैदेखि बैंकिङ्ग प्रणालीमा प्रवेश गरेको जानकारी गराए। उनले कार्यालयमा आउने सेवाग्राहीहरुलाई कार्यालयमा रकम बुझाउन अनावश्यक झञ्झट नहोस् भन्ने अभिप्रायले प्रभु बैंकसँग आवश्यक सहमति गरी बैंकको एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याइएको बताए।

काउन्टरबाट सेवा उपभोग गर्ने सेवाग्राहीहरुलाई विशेष गरी वैदेशिक रोजगारीमा जान चाहने नेपाली नागरिकहरुलाई आवश्यक पर्ने श्रम स्वीकृति लिन सहज हुने बताइएको छ।

प्रतिक्रिया दिनुहोस
Advertisement