काठमाण्डु–सिरहाका २२ वर्षीय युवकको मलेशियामा हत्या भएको छ ।
बिष्णुपुर गाउँपालिका २ राजपुर घर भएका रुपेश यादवको आफ्नै साथिले हत्या गरेका हुन् ।
मलेशियामा एउटै कोठामा बस्दै आइरहेका निलम गुरुङले रुपेशको पेटमा चक्कु प्रहार गरी हत्या गरेको बताइएको छ ।
वैदेशिक रोजगारको क्रममा २ वर्ष अगाडि मलेशिया सुपरमार्केटमा पुगेका रुपेशलाई उनीसँगै काम गर्ने गुरुङले हत्या गरेको परिवारजनले जनाएका छ्न।
घटनाको जानकारी पाएपछि मलेशिया प्रहरीले तत्कालै गुरुङलाई नियन्त्रणमा लिएको छ।
घटनामा दोषीलाई कडा भन्दा कडा सजायको माग गर्दै परिवारजन र स्थानीयले नेपाल सरकारसँग उचित पहलको अपिल गरेका छन्।
रुपेशको शवलाई नेपाल ल्याउने प्रक्रिया सुरु गरिएको जनाइएको छ।
प्रतिक्रिया