आजदेखि देशभर हटाइयो रुट परमिट


काठमाण्डु – सार्वजनिक सवारी साधनहरुलाई आजदेखि रुट परमिट आवश्यक नपर्ने भएको छ । दशैँमा हुने यात्रुहरुको चापलाई मध्यनजर राख्दै आजदेखि रुट परमिट हटाइएको हो ।

आजदेखि कोजाग्रत पूर्णिमासम्म सार्वजनिक गाडी जुनसुकै ठाउँमा जान सक्ने यातायात व्यवस्था विभागले जनाएको छ । यस्तै, सबैभन्दा बढी व्यस्त हुने नारायणघाटदेखि काठमाण्डुसम्मको सडकमा ठूला गाडी सञ्चालनमा रोक लगाएको छ ।

यातायात व्यवस्था विभागका अनुसार खाद्यान्नलगायतका अत्यावश्यक वस्तुहरूको ढुवानी गर्ने साधनलाई भने रोकिने छैन ।ट्रेलरलगायतका ठूला गाडीलाई भने कोजाग्रत पूर्णिमासम्म रोक लगाएको विभागका प्रवक्ता डाक्टर लोकनाथ भुसालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement