१२ वर्षपछि इंग्ल्याण्डको विजयी शुरुवात


काठमाडौं – विश्वकप फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा इंग्ल्याण्डले ट्युनिसियालाई २-१ ले हरायो ।

पहिलो हाफमा १–१ गोलको बराबरीमा रोकिएको इंग्ल्याण्डका लागि ह्यारी केनले उद्धार गरे । कप्तान ह्यारी केनले दुई गोल गर्दै इंग्ल्याण्डलाई ट्युनिसियाविरुद्ध जित निकालेका हुन् । ११औं मिनेटमा ह्यारी केनले गोल गर्दै इंग्ल्याण्डलाई अग्रता दिलाए ।

३५औं मिनेटमा ट्युनिसियाले पेनाल्टी पायो । पेनाल्टीलाई फेरजानी सास्सीले गोलमा परिणत गरे । पहिलो हाफ १-१ को बराबरीमा रह्यो ।
दोस्रो हाफको निर्धा्रित समयसम्म कुनै टिमले गोल गर्न नसक्दा खेल बराबरीमै समाप्त हुने देखिएको थियो ।

तर दोस्रो हाफको इन्ज्युरी समयको पहिलो मिनेटमा इंग्ल्याण्डले कर्नर पायो । कियरन ट्रिप्पियरले हानेको कर्नर किकलाई ह्यारी मगायरले हेड गरे । त्यसै हेडबललाई कप्तान ह्यारी केनले ह्डरमार्फत नै जाली चुमाइदिए पछि इंग्ल्याण्डले २ १ को जित निकाल्दै महत्वपूर्ण ३ अंक हात पार्यो ।

इंग्ल्याण्डले १२ वर्षपछि महत्वपूर्ण फुटबल प्रतियोगितामा विजयी शुरुवात गरेको हो । सन् २००६ को विश्वकपको आफ्नो पहिलो खेलमा इग्ल्याण्डले पाराग्वेलाई हराएको थियो । गएरातिका २ खेलपछि समूह जीमा बेल्यिम र इंग्ल्याण्डले तीन तीन अंक जोडेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement