एस जयशंकरको भ्रमणबाट नेपालले फाईदा लिन सक्नुपर्छ : पूर्व राजदूत सिंह


काठमाडौं – भारतका लागि पूर्व नेपाली राजदुत डा. दुर्गेशमान सिंहले अहिले नेपाल–भारतबीच कुनैपनि समस्या नरहेको बताउँदै नेपाल–भारत संयुक्त आयोगको बैठकमा भाग लिन आउन लागेका भारतीय विदेशमन्त्री एस जयशंकरको भ्रमणबाट नेपालले फाईदा लिन सक्नुपर्ने बताएका छन् ।

सिंहले भारतमा अहिले म्याण्डेट प्राप्त सरकार आएको र नेपाललाई असाध्यै माया गर्ने प्रधानमन्त्री मोदीले नेपाललाई विशेष महत्व दिएको सुनाउँदै अहिले नेपाल–भारत द्धिपक्षीय सम्झौताहरु धमाधम कार्यान्वयनको दिशामा अघि बढिरहेको बताए ।

‘नेपाल–भारत सम्बन्धमा अब नयाँ गति कायम हुन्छ’ उनले थपे, ‘वर्षौदेखि सम्झौता गरेर थन्किएका प्रोजेक्टहरुले अब गति लिन्छन् । ती सम्झौताहरु कार्यान्वयनमा जान्छन् । यो राम्रो कुरा हो ।’ उनले भने, ‘हाईड्रोपावर, हुलाकी राजमार्ग, आईसिपीलगायतका प्रोजेक्टहरु धमाधम अघि बढिरहेका छन् । यो एकदमै सुखद पक्ष हो ।’

संयुक्त आयोगको बैठक दुवै देशको लागि उचित फोरम भएको सुनाउँदै सबै पक्षमा खुलेर कुराकानी गर्नुपर्ने उनले सुझाए ।

प्रतिक्रिया दिनुहोस
Advertisement