दिल्ली पुगेको नेपाली सांसदको टोलीद्वारा भारतीय विदेशमन्त्री जयशंकरसँग भेटवार्ता


काठमाण्डु – भारत भ्रमणमा रहेको संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिका सभापति राजकिशोर यादव नेतृत्वको सांसदहरूको टोलीले भारतीय विदेशमन्त्री एस जयशंकरसँग भेटवार्ता गरेको छ ।

आज शुक्रबार विदेश मन्त्रालमा भएको भेटवार्तामा द्विपक्षीय हित लगायतका विषयमा कुरा भएको विदेशमन्त्री जयशंकरले एक्स (ट्वीटर) मार्फत जानकारी गराएका छन् ।

उनले एक्समा लेखेका छन्, ‘अध्यक्ष राजकिशोर यादवको नेतृत्वमा आएको नेपाली संसदीय प्रतिनिधिमण्डललाई भेटेर खुशी लागेको छ । २ देशबीचको सहयोग र अझ नजिकको सम्बन्धमा राम्रो छलफल भयो ।’

भेटमा नेपाली सांसदको नेतृत्व गर्दै गएका राजकिशोर यादवले भ्रमणबाट २ देशबीचका गतिविधिहरू आदानप्रदान गर्न पाउँदा खुशी लागेको बताए । प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिका सभापति यादवको नेतृत्वमा अन्य सदस्यहरू मंगलबार भारत प्रस्थान गरेका थिए ।

भारत भ्रमणमा सभापति यादवसहित सांसदहरू सुनिता बराल, छिरिङबहादुर ल्हामु लामा तामाङ, सम्झना थपलिया, योगेश गौचन, हरि उप्रेती, शिशिर खनाल र गंगाराम चौधरी लगायत छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement