साफ च्याम्पियनपशिप फाइनलमा पहिलो हाफमा बंगलादेशको अग्रता

साफ च्याम्पियनपशिप फाइनलमा पहिलो हाफमा बंगलादेशको अग्रता


काठमाण्डु – साफ यू–२० च्याम्पियनपशिप फुटबल प्रतियोगिताको उपाधिका लागि अहिले नेपाल र बङ्लादेशबीच प्रतिस्पर्धा भइरहेको छ ।

सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा)को मुख्यालयको खेलमैदानमा जारी खेलको पहिलो हाफ सकिँदा बंगलादेशले नेपालमाथि १–० गोलको अग्रता बनाएको हो । खेलको ९औँ मिनेटमा निराजन धामीको उत्कृष्ट प्रहार बंगलादेशका–‘किपर’ मोहमद आसिफले बचाउ गरे ।

त्यसपछि पनि खेलको विभिन्न समयमा नेपालले गोल गर्न प्रयास गरे पनि असफल बनेको छ । बंगलादेशलाई पराजित गर्दै नेपाल साफ च्याम्पियनशिपको उपाधिमाथि ‘ह्याट्रिक’ गर्न चाहन्छ । यसअघि नेपालले सन् २०१५ र १०१७ मा साफ च्याम्पियनशिपको उपाधि जितेको थियो । त्यसो त बंगलादेश पनि पहिलोपटक उपाधि उचाल्ने दाउमा रहेको छ ।