काठमाण्डु – साफ महिला च्याम्पियनसिप २०२६ को उद्घाटन खेलमा नेपालले सोमबार भुटानसँग खेल्दैछ।
खेल दिउँसो ४ : ४५ बजे भारतको गोवा राज्यस्थित मडगाउँ शहरको जवाहरलाल नेहरु रंगशालामा सुरु हुनेछ।
आठौं संस्करणसम्म आईपुग्दा ६ पटक उपविजेतामा सीमित नेपालले यसपटक च्याम्पियन बन्दै इतिहास रच्ने लक्ष्य राखेको छ।
६ टोली सहभागी हुने प्रतियोगितामा नेपाल समूह एमा छ। यस समूहमा भुटान र श्रीलंका छन्। समूह बी मा साविक विजेता बंगलादेश, भारत र माल्दिभ्स छन्। त्यसैले सेमिफाइनलमा नेपालले बलियो प्रतिद्वन्द्वीको सामना गर्नुपर्ने लगभग निश्चित छ।
नेपालले जेठ १७ मा श्रीलंकासँग खेल्ने तालिका छ। सेमिफाइनल २० र फाइनल खेल २३ गते खेलिने छ।




प्रतिक्रिया