सागमा स्वर्ण जित्ने खेलाडीलाई प्रतिव्यक्ति ९ लाख, गौरिका सिंहलाई ११ लाख


काठमाडौं – १३ औं दक्षिण एसियाली खेलकुद (साग)मा पदक जित्ने खेलाडीलाई सरकारले विशेष प्याकेजको घोषणा गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले साग प्रतियोगितामा दुईभन्दा बढी स्वर्ण जित्ने खेलाडीलाई जनही ११ लाख, एउटा मात्र स्वर्ण जित्नेलाई ९ लाख, रजत विजेता खेलाडीलाई ६ लाख र कास्य जित्ने खेलाडीलाई तीन लाख रुपैयाँ सरकारको तर्फबाट दिने घोषणा गरेका हुन् ।

चार स्वर्ण पदक विजेता गौरिका सिंहलाई ११ लाख प्रदान गरिने भएको छ । मंगलवार सम्पन्न सागमा नेपालले ५१ स्वर्ण, ६० रजत तथा ९५ कास्य पदक जितेको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement