फुटबलमा नेपालले जित्यो स्वर्ण


काठमाडौं – १३औं दक्षिण एसियाली खेलकुद (साग)को पुरुष फुटबलमा नेपालले स्वर्ण जितेको छ ।  मंगलबार दशरथ रंगशालामा भएको खेलमा पहिलो हाफमा भुटानसँग १–१ को बराबरी खेलेको नेपालले दोस्रो हाफमा गोल गर्दै नेपालले स्वर्ण जितेको हो ।

१७ औं मिनेटमा नेपालका अभिषेक रिजालले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । जवाफमा भुटानका कप्तान चेन्चो ग्याल्चेनले ३७ औं मिनेटमा गोल गर्दै बराबरी गरेका थिए । खेलको ५५औं मिनेटमा सुनिल बलको गोलमार्फत् नै नेपालले स्वर्ण जितेको हो । ५५ मिनेटको सुनिलको गोल नै नेपालको जितका लागि पर्याप्त भयो । भुटान साग फुटबलमा उपविजेता बनेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement