चार महिनापछि भेटियो अभिनेता जेफरसनको शव


रियो दी जेनेरियो – चार महिनादेखि वेपत्ता ब्राजिलियन अभिनेता जेफरसन मचाडोको शव गाडिएको अवस्थामा भेटिएको छ । उनको शव रियो दी जेनेरियोस्थित एक घरबाहिर काठको बाकसमा भेटिएको हो ।

जेफसनको पारिवारिक मित्र सिन्टिया हिल्सेंडेगरले जेफरसनको इन्स्टाग्राम पेजमा उनको निधनको पुष्टि गरेका छन् । ‘यो निकै दुःखको कुरा हो कि जेफ २०२३ मे ५ मा मृत भेटिएका छन्’, सिन्टियाले लेखेकी छन् । प्रहरीका अनुसार ४४ वर्षे अभिनेताको शव सिक्रीले बाँधिएको थियो र एक काठको बाकसमा प्याक गरिएको थियो । जुन बाकस सिमेन्टले ढाकिएको थियो । बाकसलाई जमिनबाट ६ फिट तल गाडिएको थियो ।

जेफरसनका पारिवारिक वकिल जाइरो मेगलहासले जेफरसनको दुवै हातलाई शिरको पछाडि बाँधेर ट्रङ्कमा बन्ध गरी घरको पछाडि गाडिएको अवस्थामा भेटिएको बताए । ‘उनको घाँटीमा एक दाग छ, त्यो दागले उनको घाटी थिचि मारिएको हुनसक्ने आशंका छ । उनको पहिचान फिंगरप्रिन्टले गरेका हौं’, वकिलले भनेका छन् । जेफरसनको परिवारले उनको हत्याको पछाडि उनको सफलताको जलन गर्नेले गरेको आरोप लगाएका छन् । ‘निश्चित रुपमा ऊ बेइमान मानिसको क्रूरताको शिकार भएको छ ।

यो बारेमा चाँडै नै खुलासा हुनेछ । आरजे टाउसिप प्रहरीले यो मामलामा निकै राम्रो काम गरेको छ’, परिवारले भनेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement