सभामुख घिमिरे र गृहमन्त्री लेखकबीच छलफल

सभामुख घिमिरे र गृहमन्त्री लेखकबीच छलफल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र गृहमन्त्री रमेश लेखकले छलफल गरेका छन् । प्रतिनिधिसभा बैठक बस्नुअघि सभामुख र गृहमन्त्रीबीच भेटवार्ता भएको हो ।

भिजिट भिसा प्रकरणमा सत्तापक्ष र प्रमुख प्रतिपक्ष दलबीभ भएको दुई बुँदे सहमति कार्यान्वयनको विषयमा छलफल भएको सभामुख घिमिरेका सञ्चारविज्ञ शेखर अधिकारीले जानकारी दिए।

१ बजेका लागि बोलाइएको प्रतिनिधि सभाको बैठक अहिलेसम्म सुरु हुन सकेको छैन । रास्वपाले छानबिन समिति बनाउन सरकार तयार भए आन्दोलनबाट फिर्ता हुने संकेत देखाएको छ।

यता भिजिट भिसा प्रकरणमा गृहमन्त्रीमाथि छानबिन र उनको राजीनामा माग गर्दै आएको रास्वपाका सांसदहरू आज निलो रिबन भिरेरै संसद् भवन प्रवेश गरेका छन्।

रास्वपाका सांसद तथा कार्यवाहक प्रवक्ता मनीष झाका अनुसार मानव तस्करीविरुद्धको अभियानलाई विश्वभर ुनिलो रिबनुको प्रतिकले जनाउने भएकोले आफूहरू त्यस्तै गरी प्रस्तुत भएको बताए।