काठमाण्डु– सभामुख डोलप्रसाद अर्यालले संवादका लागि विपक्षी दलले समय नदिएको बताएका छन्। विपक्षी दलका सांसद्ले प्रधानमन्त्री बालेन शाहको अभिव्यक्तिको विरोधमा सदन अवरोध जारी राखेपछि सभामुखले यस्तो बताएका हुन्।
यस विषयमा संवाद गर्न खोज्दा विपक्षी दलका सांसदले समय नदिएको सभामुख अर्यालले बताए। ‘हिजो पनि माननीय सदस्यहरूले समय दिनु भएन,’ सभामुख अर्यालले संसद् बैठकमा भने, ‘आज पनि कार्य व्यवस्था परामर्श समितिको बैठकमा लागि बोलाएको थिए, समय दिनु भएन।’
सभामुखले सदन सञ्चालन गर्नको लागि सबै दलका सदस्य, मुख्य सचेतक, सचेतक, दलका नेता, उपनेतासँग निरन्तर संवाद गर्न कोसिस गरेको बताउँदै उनले भने ‘मैले न प्रक्रिया मिचेको छु, न त कसैलाई पेलेको छु,’ सभामुख अर्यालले भने।
त्यसपछि सभामुख अर्यालले १५ मिनेटका लागि संसद् बैठक स्थगित गरे ।




प्रतिक्रिया