‘कुलिङ पिरियड’ विवाद : राज्य व्यवस्था तथा सुशासन समितिसँग छलफल गर्दै सभामुख

‘कुलिङ पिरियड’ विवाद : राज्य व्यवस्था तथा सुशासन समितिसँग छलफल गर्दै सभामुख

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– संघीय निजामती सेवा विधेयकमा कुलिङ पिरियड विवादित बनेपछि सांसदहरुले प्रतिनिधि सभाका सभामुखसँग छलफल गरेका छन् ।

मंगलबार सभामुख देवराज घिमिरेले अहिले राज्य व्यवस्था तथा सुशासन समितिसँग छलफलमा जुटेका हुन् ।

सभापति रामहरि खतिवडा र सचिव सुरजकुमार दुरासहित सदस्यहरूलाई बोलाएर यस विषयमा सोधपुछ गरेका हुन्।

प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिबाट कुनै पनि कर्मचारी अवकाश वा राजीनामा दिएको २ वर्षसम्म अर्को नियुक्तिका लागि योग्य नहुने गरी प्रतिवेदन पारित भएको थियो। उक्त प्रतिवेदनसँगै विधेयक आइतबार प्रतिनिधि सभाको बैठकमा पेस गरियो र बैठकबाट पारित पनि भयो।

तर, गत जेठ २ गते समितिबाट पारित भएको कुलिङ अफसम्बन्धी प्रावधानलाई निष्प्रभावी बनाउने गरी ‘बाहेक’ शब्द घुसाइएको पाइएको छ।

समितिका सभापति रामहरि खतिवडामाथि समिति सदस्यहरूलाई थाहा नै नदिई विधेयकमा कुलिङ पिरियडलाई निष्क्रिय पार्ने गरी ‘बाहेक’ शब्द थप गरेको आरोप लागेको छ । उक्त विषयलाई लिएर अहिले चौतर्फी विरोध भइरहेको छ ।