सुरक्षा चुनौती बढ्यो, जिम्मेबार भएर काम गर्नुहोस् : गृहसचिव सापकोटा


विराटनगर – नेकपा पार्टीले देशभर चुनाव विथोल्न हिंसात्मक गतिविधी गरिरहेको बेला गृह मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटा भने सुरक्षा निकायलाई निर्देशन दिनमै व्यस्त छन् । सचिव सापकोटाले शनिवार पनि परिणाममुखी सुरक्षा प्रदान गरेर निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गराउन जिल्ला सुरक्षा समितिलाई निर्देशन दिएका छन ।

 

 

 

 

 निर्वाचनलाई लक्षित गरी १ नम्वर प्रदेश स्तरीय सुरक्षा गोष्ठीमा शनिबार बिराटनगरमा सचिव सापकोटाले उक्त निर्देशन दिएका हुन ।

 

 

 

 

‘निर्वाचनको मुखमा उम्मेदवारमाथि लक्षित गरी भएका आक्रमणले सुरक्षा चुनौती बढाएको छ, यसलाई निस्तेज पार्न एकाग्र भएर रणनिती बनाउनुहोस् ।’ सचिव सापकोटाले भने ।

 

 

 

उनले स्रोत साधन र निर्देशन अभावको बहाना बनाएर नपन्छिकन प्राप्त अधिकार पूर्ण प्रयोग गरेर सुरक्षा प्रदान गर्न जिल्ला सुरक्षा समितिलाई निर्देशन गरेका हुन् । गृहसचिव सापकोटाले निर्वाचन शान्तिपूर्णमा गराउनका लागि सुरक्षा योजना तयार पारिएको बताउदै निर्वाद रुपले निर्वाचनमा सहभागी भई आफ्नो मताधिकारको प्रयोग गर्न सवैलाई आग्रह समेत गरे ।

 

 

 

 

सुरक्षा गोष्ठिमा क्षेत्रीय प्रशासकसहित पूर्वका १६ वटा जिल्लाका प्रमुख जिल्ला अधिकारी, सशस्त्र प्रहरी, नेपाल प्रहरी, नेपाली सेना र राष्ट्रिय अनुसन्धानका क्षेत्रीय प्रमुख तथा जिल्ला प्रमुखहरूको सहभागिता छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement