सांसदको ‘स्वकीय कर्मचारी’ नियुक्तिका लागि संसद् सचिवालयबाट फाराम वितरण

सांसदको ‘स्वकीय कर्मचारी’ नियुक्तिका लागि संसद् सचिवालयबाट फाराम वितरण

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – संघीय संसद् सचिवालयले सांसदहरूका लागि स्वकीय कर्मचारी/परिचारक नियुक्तिका लागि सहजीकरण गरेको छ ।

सरकारले संघीय संसद्का पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधासम्बन्धी ऐन, २०७३ को संशोधनमार्फत सांसदका लागि सहयोगी राख्न सक्ने व्यवस्था ब्यूँताएको हो ।

सचिवालयले स्वकीय कर्मचारी/परिचारक नियुक्तिसम्बन्धी फाराम सदस्यहरूलाई उपलब्ध गराई त्यससम्बन्धी जानकारी दिन सूचित गरेको छ ।

सरकारले गत कात्तिक १७ गते नेपाल राजपत्रमा सूचना प्रकाशित गरी संघीय संसद्का सदस्यको स्वकीय कर्मचारी/परिचारकसम्बन्धी साविकको व्यवस्था खारेज गरेको थियो ।