देशभरका ७ सडक पूर्णरुपमा अवरुद्ध (सूची)

देशभरका ७ सडक पूर्णरुपमा अवरुद्ध (सूची)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– देशभरका विभिन्न स्थानमा बाढी, पहिरो, सडक मर्मत तथा अविरल वर्षाका कारण आधा दर्जन सडक अवरुद्ध बनेका छन् ।

नेपाल प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार आइतबार बिहान सम्म ७ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएका छन् भने ४ स्थानमा एकतर्फी रूपमा सवारी सञ्चालन भइरहेको छ।

विवरणअनुसार कर्णाली प्रदेशमा रुकुम पश्चिमको आठबिसकोट–रिजुगार्ड जोड्ने भेरी करिडोर अविरल वर्षाका कारण दुई स्थानमा पूर्ण रूपमा अवरुद्ध छ। सुदूरपश्चिम प्रदेशको बझाङस्थित छविसपाथीभेरा–जालेबगर क्षेत्रमा रहेको जयपृथ्वी राजमार्ग पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध रहेको प्रहरीले जनाएको छ। यस्तै विपि राजमार्ग, बेनी जोमसोम पनि पुर्ण रुपमा अवरुद्ध रहेको छ ।

यस्तै, रोल्पाको परिवर्तन गाउँपालिका–१ शेलाबाङ क्षेत्रमा रहेको घोराही–रुकुम शहीद मार्ग, कोशी प्रदेशको भोजपुरस्थित मध्य पहाडी लोकमार्ग, सिदार्थ राजमार्ग एकतर्फी सवारी सञ्चालन भइरहेको छ।