यी स्थानहरूमा आज सडक अवरुद्ध (सूचनासहित)

यी स्थानहरूमा आज सडक अवरुद्ध (सूचनासहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – केही दिनदेखिको वर्षा र पहिरोले देशका विभिन्न ठाउँका सडक अवरुद्ध भएका छन् ।

नेपाल प्रहरीका अनुसार मध्यपहाडी लोकमार्ग अन्तर्गत पाँचथरको याङवरक गाउँपालिका–२ को दोभान वडा न. ३ को रिजालभिर र आयोम बजार क्षेत्रमा सडक पूर्ण रूपमा अवरुद्ध छ । यस्तै काभ्रे र हुम्लामा सम्भावित बाढीको जोखिमलाई ध्यानमा राखेर प्रहरीले केही दिन अघिदेखि नै गाडी सञ्चालनमा रोक लगाएको छ ।

बिपी राजमार्ग अन्तर्गत खुर्कोट–नेपालथोक–कटुन्जेबेशी सडक खण्डमा गएको बैशाख २२ गतेदेखि गाडी पूर्ण बन्द गरिएको छ । यस्तै हुम्लाको उत्तरी नाम्खा गाउँपालिका २ मा गएको वैशाख २९ गतेदेखि हिल्सा–सिमकोट राजमार्गमा सम्भावित पहिरोका कारण गाडी सञ्चालन पूर्ण रूपमा बन्द गरिएको छ ।

यस्तै भोजपुरको बोखिम क्षेत्रमा बाढीले मध्यपहाडी लोकमार्ग एकतर्फी सञ्चालनमा आएको छ । त्यसै गरी सङ्खुवासभाको मकालु गाउँपालिका–३ नयाँ बस्तीमा पर्ने कोशी राजमार्गमा पहिरो खसेपछि सडक एकतर्फी सञ्चालन भइरहेको प्रहरीले जनाएको छ ।

त्यस्तै बेनी–जोमसोम सडक खण्ड अन्तर्गत अन्नपूर्ण गाउँपालिका क्षेत्रमा सडक एकतर्फी सञ्चालनमा रहेको छ भने रघुगंगा गाउँपालिका–३ तल्लो बैसरी क्षेत्रमा पनि गाडी एकतर्फी रूपमा सञ्चालन भइरहेको छ ।