गुल्मीको सिलादी-घमिर-अर्खाबाङ र दाङको राम्री-कपुरकोट सडक खण्ड बन्द हुने

गुल्मीको सिलादी-घमिर-अर्खाबाङ र दाङको राम्री-कपुरकोट सडक खण्ड बन्द हुने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – गुल्मीको पश्चिम क्षेत्रमा रहेको मालिका गाउँपालिका अन्तर्गत सिलादी–घमिर–अर्खाबाङ सडक एक हप्ताका लागि बन्द भएको छ ।

मालिका गाउँपालिकाले सूचना निकालेर सिलादी–घमिर–अर्खाबाङ सडक खण्डमा कालोपत्र गर्ने काम शुरू भएको हुँदा एक हप्ताका लागि पूर्णरुपमा बन्द गरिएको जनाएको छ ।

काम सम्पन्न नहुँदासम्म बुधबारदेखि जेठ २७ गतेसम्म सडकमा गाडी चलाउन रोक लगाइएको हो ।

सडक बन्द भएपछि वैकल्पिक सडकको रुपमा मालिका गाउँपालिका–६ फुलवारी र ७ को अर्चेङ हुँदै बरारुखको सडक प्रयोग गर्न आग्रह गरिएको छ ।

यस्तै, राप्ती लोकमार्गअन्तर्गत दाङको राम्री–कपुरकोट सडक खण्ड नौ दिन बन्द हुने भएको छ ।

राम्री–कपुरकोट सडक खण्डमा सडक स्तरोन्नतीको काम हुने भएकोले नौ दिन बन्द हुने भएको हो ।

जिल्ला प्रशासन कार्यालय दाङले सूचना निकालेर जेठ २३ गतेदेखि असार १ गतेसम्म हरेक दिन दैनिक ६ घण्टा सडक बन्द हुने जनाएको छ ।

बिहान ११ बजेदेखि बेलुका ५ बजेसम्म सडक बन्द हुने सहायक प्रमुख जिल्ला अधिकारी यज्ञबहादुर बुढाले जानकारी दिए ।
साना गाडीका लागि वैकल्पिक मार्गका रूपमा पैयाखोरिया–सातबास–किमुचौर–कपुरकोट सडक प्रयोग गर्न सकिने छ ।