सीतापाइला–धार्के सडक अनिश्चितकालका लागि बन्द

सीतापाइला–धार्के सडक अनिश्चितकालका लागि बन्द

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सीतापाइला–भीमढुंगा–धार्के सडकखण्ड अनिश्चितकालका लागि बन्द गरिएको छ। धादिङको धुनिवेशी नगरपालिका वडा नम्बर ५ ले सूचना जारी गरेर यो सडकखण्ड कालो पत्रे गर्नका लागि आइतबारदेखि अनिश्चितकालका लागि बन्द गरिएको जनाएको हो।

‘यो सडकखण्डको करिब १६ किमीमा दोस्रो लेयरको कालोपत्र गर्ने काम आजदेखि सुरू गर्दैछौं, त्यसैका लागि सडक बन्द गरिएको छ,’ सूचनामा लेखिएको छ । सडक कालोपत्र गर्ने काम सकिएपछि मात्रै यो सडकखण्ड खुल्छ।

नागढुंगा–नौबिसे सडकको विकल्पमा सीतापाइला–भीमढुंगा–धार्के सडकमा सवारी साधनहरू चलेका थिए। सडकखण्डका केही ठाउँमा ढलान गर्ने काम र केही ठाउँमा कालोपत्र गर्न बाँकी छ।