सडकमै डुब्यो कांग्रेस महामन्त्री कोइरालाको गाडी


काठमाडौं – शुक्रबारदेखि सुरू हुने केन्द्रीय समिति बैठकका लागि पार्टी कार्यालय हिडेका
नेपाली कांग्रेसका महामन्त्री शशांक कोइराला चढेको गाडी टेकुको पुलमूनि डुबेकाे छ ।

त्रिपुरेश्वरतर्फबाट पार्टी केन्द्रीय कार्यालय सानेपा जाँदै गरेका कोइरालाको गाडी अविरल वर्षासँगै टेकु पुलमूनि जम्मा भएको पानीमा डुबेको हो । महामन्त्री काेइरालाकाे गाडी फसेपछि अर्को गाडी बोलाएर डोरी लगाएर निकालिएको थियो । अविरल वर्षासँगै वाग्मती नदीमा पानीको सतह बढेको छ । बाग्मतीमा पानीकाे बहाब बढेसँगै टेकु, बल्खुलगायतका पुलमूनि तलाउ बाेकाे छ ।

बिहीबारदेखि निरन्तर परिरहेको वर्षाले राजधानीलगायत देशका अधिकांश ठाउँमा जनजीवन प्रभावित भएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement