काठमाडौंका यी सडकमा आज र भोलि सवारीसाधन चलाउन नपाइने


काठमाण्डु – काठमाडौं महानगरपालिकाले आज र भोलि काठमाडौंका विभिन्न क्षेत्रमा सवारी आवगमन निषेध गर्ने भएको छ ।

बिहीबार (आज) गाईजात्रा र शुक्रबार (भोलि) गुँलागा दुतिया मनाउने भएकाले काठमाडौं महानगरपालिकाले यी दुई दिन काठमाडौंका विभिन्न क्षेत्रमा सवारी आवगमन निषेध गरेको हो ।

महानगरका अनुसार असन-केलटोल-इन्द्रचोक मखन-हुमानढोका दरबार परिसुर-मरु टोल-चिकँमुगल-जैशिदेवल ज्याबहाल-लगन चोक-गोफल-ब्रम्हटोल-वन्डे- ह्युमत-जैशिदेबल-कोहिटि-भिमसेनस्थान-मरुटोल लगायत रुटमा सवारी साधन प्रवेश निषेध गरिएको छ ।

सांस्कृतिक पर्वका बेला ठूलो संख्यामा मानिसको आवतजावत हुँदा भीड हुने भएकाले महानगरले ती रुटमा सवारीसाधन चलाउन रोक लगाएको हो ।

प्रतिक्रिया दिनुहोस
Advertisement