नयाँदिल्ली – काठमाडौं, चावहिलका लालबाबु चौधरी सपरिवार वैष्णेदेवीको दर्शन गरेर घर फर्किन शुक्रबार बिहान ८ नै बजे विमानस्थल पुगेका थिए। लगेज बुझाए। बोर्डिङ पास पनि लिए।
उनको परिवार यहाँ आउँदा गोरखपुरबाट रेल चढेको थियो त्यही कारण देखाएर उनलाई विमानमा नेपाल फर्किन दिइएन। उनी मात्र होइन तीर्थाटन, व्यापारलगायत प्रयोजनले भारत आएर शुक्रबार स्वदेश फर्किँदै गरेका ११ नेपालीाई नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्टिय विमानस्थलले उड्न रोक लगाएको छ।
, तीमध्ये एकजना नेपाल वायुसेवा निगम र १० जना भुटान एअरबाट काठमाडौं फर्किँदै थिए। विमानस्थल अधिकारीहरूले बस वा रेलबाट आएकाहरू फर्किँदा पनि त्यसरी नै जानुपर्ने भन्दै विमानमा जान नदिएको पीडितले बताए। ‘तिमीहरू जुन बाटो आएको हो।
त्यही बाटो फर्किनुपर्ने नियम छ’, भारतीय अधिकारीलाई उद्धृत गर्दै एक नेपाली यात्रुले भने। पूर्वसूचनाविनै भारतीय पक्षले लगाएको अघोषित नियमका कारण नेपालीले सास्ती भोग्नुपरेको छ। यो खबर कान्तिपुर दैनिकमा छ ।




प्रतिक्रिया