ठाउँ-ठाउँमा निकालियो सद्भाव र्‍याली

ठाउँ-ठाउँमा निकालियो सद्भाव र्‍याली

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – पछिल्लो केही दिन यता मधेशका जिल्लामा भएको घटनापछि विभिन्न स्थानमा सद्भाव र्‍याली निकालिएको छ।

देशभर शान्ति, सद्भाव र सामाजिक एकताको सन्देश प्रवाह गर्ने उद्देश्यले सद्भाव र्‍याली निकालिएको हो ।

जिल्ला प्रशासन कार्यालय बाँकेको संयोजनमा नेपालगन्जमा शनिबार सद्भाव र्‍याली निकालिएको छ । र्‍यालीमा राजनीतिक दलका प्रतिनिधि, सुरक्षा निकायका अधिकारी, स्थानीय तहका जनप्रतिनिधि, नागरिक समाज, उद्योगी–व्यवसायी, धार्मिक अगुवा, सञ्चारकर्मी तथा विभिन्न सङ्घसंस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

यस्तै मधेसका जिल्लाहरूमा भड्किएको सामाजिक सद्भाव कायम राख्नका लागि शनिबार कलैयामा पनि सद्भाव र्‍याली निकालिएको छ।

बाराका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रको आह्वानमा जिल्ला प्रशासन कार्यालयबाट निकालिएको सद्भाव र्‍यालीले कलैया बजार परिक्रमा गरेको थियो।

सद्भाव र्‍यालीमा हिन्दु र मुस्लिम सामुदायका धर्म गुरु र अगुवाहरू, प्रतिनिधिसभा तथा प्रदेश सभाका सदस्यहरू, विभिन्न पालिकाका प्रमुख तथा प्रतिनिधिहरू, सरकारी तथा गैरसरकारी संस्थाका प्रतिनिधिहरू तथा सरकारी कार्यालयका प्रमुखहरूको सहभागिता रहेको थियो।

यसैगरी सर्लाहीको हरिवनमा सद्भाव र शान्तिको पक्षमा र्‍याली निकालिएको छ । हरिवन नगरपालिकाको आयोजनामा निकालिएको र्‍यालीले हरिवन बजार परिक्रमा गरेको थियो । र्‍यालीमा द्वन्द्वपीडित बालगृहमा आश्रित बालबालिका, प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुख, पूर्व मन्त्री, वर्तमान सांसद, विभिन्न राजनीतिक दलका प्रतिनिधि तथा जिल्लाका अन्य सरोकारवालाको सहभागिता रहेको थियो ।