साढे ३३ केजी सुन काण्डमा पक्राउ परेका एसपी सहित ३ प्रहरी अधिकारी निलम्बित


काठमाडौं- साढे ३३ केजी सुन काण्डमा मुछिएका तीन प्रहरी अधिकारीलाई प्रहरी प्रधान कार्यालयले निलम्बन गरेको छ । निलम्बनमा पर्नेमा एसपी विकास खनाल, डिएसपी सञ्जय राउत र सई बालकृष्ण सञ्जेल भएको प्रहरी प्रवक्ता मनोज न्यौपानेले जानकारी दिए ।

पक्राउ परेका तीनै जनालाई प्रहरीलाई कर्तब्य ज्यान तथा संगठित अपराध मुद्दामा अनुसन्धान अघि बढाएको प्रवक्ता मनोज न्यौपानेले  बताए ।

कर्तव्य ज्यान र संगठित अपराधमा अनुसन्धान सुरु भएसँगै प्रहरी नियमावलीअनुसार उनीहरु निलम्बनमा परेका हुन् ।

 

प्रतिक्रिया दिनुहोस
Advertisement