काठमाण्डु – माल्दिभ्समा जारी साफ यू–२० पुरुष च्याम्पियनसिपको उपाधिका लागि शुक्रबार भारत र बंगालदेशबीच प्रतिस्पर्धा हुँदैछ।
खेल माल्दिभ्सको राजधानी मालेमा रहेको नेशनल फुटबल स्टेडियममा राति ८ बजे सुरु हुनेछ।
भारतले सेमिफाइनलमा भुटानलाई ५–० गोलले र बंगालदेशले नेपाललाई १–० गोलले पराजित गर्दै फाइनलमा स्थान बनाएका हुन्।
जारी प्रतियोगितामा आयोजक राष्ट्र माल्दिभ्ससँगै कूल ७ टोलीले प्रतिस्पर्धा गरेका थिए। भारत साफ यू२० को साविक विजेता टोली हो।




प्रतिक्रिया