अन्तःशुल्क छपाइ प्रकरणमा विकल र सफललाई ८ वर्ष कैद र जनही ३ करोड जरिवाना

अन्तःशुल्क छपाइ प्रकरणमा विकल र सफललाई ८ वर्ष कैद र जनही ३ करोड जरिवाना

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेल र निर्देशक सफल श्रेष्ठलाई विशेष अदालतले ८–८ वर्ष कैद र फैसला सुनाएको छ।

अदालतले अन्तःशुल्क छपाइ मुद्दामा गत कात्तिक १४ गते गरेको फैसलामा आज सजाय सुनाएको हो । अदालतले उनीहरुलाई जनही ३ करोड ४२ लाख २२ हजार ८ सय रूपैयाँ बिगो र त्यति नै जरिवाना पनि तोकेको छ।

गत असार ९ गते अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सुरक्षण मुद्रण केन्द्रबाट अन्तःशुल्क स्टिकर छपाइका क्रममा अनियमितता गरी ३८ करोड रूपैयाँ भ्रष्टाचार गरेको आरोपमा तत्कालीन मुख्यसचिव वैकुण्ठ अर्यालसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यद्वय खुसीप्रसाद थारु र रितेन्द्र थापाको इजलासले गत कात्तिक १४ गते गरेको फैसला सुनाएको थियो ।

पूर्वमुख्यसचिव  अर्यालले भने सफाइ पाएका छन्।