सगरमाथा आरोहणमा गएका विश्वकर्माको मृत्यु

सगरमाथा आरोहणमा गएका विश्वकर्माको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– सगरमाथा आरोहणमा जाने क्रममा लेक लागेर एक आरोहीको मृत्यु भएको छ।

सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका–७ का विजय घिमिरे विश्वकर्माको लेक लागेर आइतबार मृत्यु भएको हो ।

सगरमाथाको पहिलो शिविर क्षेत्रमा पुगेका आरोही घिमिरे आज बिहान करिब ४ बजेतिर अचानक बिरामी परेका थिए।

उनलाई तत्काल आधारशिविरमा ल्याउन लागिएको थियो। पहिलो शिविरबाट तल ल्याउने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जानकारी दिए ।

उनी यसअघि सगरमाथाको चुचुरोमा पुगिसकेका थिए। पछिल्लो समय आरोही ‘गाइड’को रूपमा कार्यरत थिए।