सगरमाथा क्षेत्रमा बेपत्ता दावा ६ दिन पछि फेला, उपचारका लागि काठमाण्डु ल्याइयो

सगरमाथा क्षेत्रमा बेपत्ता दावा ६ दिन पछि फेला, उपचारका लागि काठमाण्डु ल्याइयो

Photo- NPL

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– सगरमाथा आधार शिविर क्षेत्रमा हराएका पर्यटन श्रमिक दावा शेर्पा (हिलारी) ६ दिन पछि जिवितै फेला परेका छन्।

शेर्पालाई जीवितै भेटिएपछि हेलिकोप्टरमार्फत उद्धार गरी काठमाण्डु ल्याइएको हो ।

खुम्बु आइसफल क्षेत्रबाट उद्धार गरिएका शेर्पालाई प्रारम्भिक उपचारपछि हेलिकोप्टरमार्फत काठमाडौंको ह्याम्स अस्पताल ल्याइएको हो।

उनका हातका औंलामा घाउ भएका छन् । दावा यही जेठ १५ गते तेस्रो शिविर आसपासबाट सम्पर्कविहीन भएका थिए ।