सगरमाथा आरोहणमा जाने पत्रकारको टोलीलाई काठमाडौँ महानगरले दियो २५ लाख


काठमाडौँ- सगरमाथा आरोहणमा जान लागेका महिला पत्रकारको टोलीलाई  काठमाडौँ महानगरपालिकाले २५ लाख हस्तान्तरण गरेको छ ।

काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले पत्रकारको समूहलाई नगद रकम २५ लाख हस्तान्तरण गरेका छन् ।

उनले आरोहणको सफलताको कामना सहित सफलतापछि महानगरको सार्वजनिक कार्यक्रममा योगदान पुग्ने विश्वास व्यक्त गरे ।

आरोहण टोली प्रमुख नेपाल टेलिभिजनकी रोजित बुद्धाचार्य र अन्य सदस्य मेघा टेलिभिजनकी कल्पना महर्जन, राष्ट्रिय समाचार समितिकी रोशा बस्नेत, न्युज ट्वान्टी फोरकी प्रियालक्ष्मी कार्की र स्वतन्त्र पत्रकार देउराली चाम्लिङ राई छन् । आरोहण टोली बुधबार लुक्लातर्फ प्रस्थान गर्नेछ।

प्रतिक्रिया दिनुहोस
Advertisement