सिडिओसहित २७ सहसचिवको सरुवा (नामसहित)

सिडिओसहित २७ सहसचिवको सरुवा (नामसहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सरकारले २७ सहसचिवको सरुवा गरेको छ।

मन्त्रिपरिषद्को भदौ ३ गतृ बसेको बैठकको निर्णयअनुसार सरुवा भएका २७ सहसचिवहरूको नाम संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सोमबार सार्वजनिक गरेको हो ।

सरुवामा अख्तियार दुरुपयोग अनुुसन्धान आयोगका चार सहसचिव पनि छन्। अख्तियारमा कार्यरत बेद भण्डारीको अर्थ मन्त्रालय, रामबहादुर कुरुम्बाङको कर्णाली प्रदेश, पद्म कुमार मैनालीको पूर्वाधार विकास मन्त्रालय र डा।नारायण रेग्मीको योजना आयोगमा सरुवा भएको छ। गोविन्द प्रसाद अधिकारी, सुनिता नेपाल, रामहरी पोखरेलको अख्तियार सरुवा भएको छ।

त्यस्तै, भोजपुरको प्रमुख जिल्ला अधिकारी (सिडिओ) राजन पौडेलको पोखराको प्रमुख प्रशासकीय अधिकृतमा सरुवा भएको छ। भोजपुरमा सिडिओको सहसचिवको दरबन्दी कटौती भएको छ।