सहकारीको रकम अपचलन प्रकरण : संसदीय समितिद्वारा गृहसचिव आर्याल र आइजीपी कुँवरसँग सोधपुछ

सहकारीको रकम अपचलन प्रकरण : संसदीय समितिद्वारा गृहसचिव आर्याल र आइजीपी कुँवरसँग सोधपुछ


काठमाण्डु – सहकारी संस्थाका बचत अपचलन र हिनामिनाबारे छानबिन गर्न बनेको संसदीय विशेष समितिले गृहसचिव यकनारायण अर्याल र प्रहरी महनिरीक्षक (आइजीपी) बसन्त कुँवरसँगसँग सोधपुछ गरेको छ।

समितिले शुक्रबारको बैठकमा गृहसचिव अर्याल र आइजीपी कुँवरसँग सहकारीको बचत ठगीका विषयमा आएका उजुरीमा केन्द्रित रहेर सोधपुछ गरेको समिति संयोजक एमाले सांसद सूर्यबहादुर थापाले जानकारी दिए ।

थापा नेतृत्वको समितिले समस्याग्रस्त २९ वटै सहकारी सञ्चालकहरूलाई पनि समितिमा छलफलका लागि बोलाएको छ ।

सहकारीको रकम अपचलन र हिनामिनामा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको संलग्नता देखिएको भन्दै कांग्रेसले लगातार सदनमा अवरोध गरेपछि संसदीय छानबिन समिति गठन भएको थियो। समितिको कार्यादेश लामिछानेको नाम उल्लेख नगरी समस्याग्रस्त २९ सहकारीका नाम उल्लेख गरेर बनाइएको छ ।