यसरी मनाइयो शहीद दिवस (फोटोफिचर)


काठमाण्डु – आज देशभर शहीद दिवसमा मनाइँदै छ । प्रजातन्त्र स्थापना एवं पुनःस्थापना तथा विभिन्न कालखण्डमा स्वतन्त्रताका लागि जीवन आहुति दिने शहीदको सम्झनामा प्रत्येक वर्ष माघ १६ गते सहिद दिवस मनाइन्छ ।

आज पनि देशभर विविध कार्यक्रम गरी शहीद दिवस मनाइँदै छ । यसै अवसरमा प्रधानमन्त्री शेरबहादुर देउवाले राजधानीको लैनचौरस्थित शहीद स्तम्भमा पुगेर शहीदहरुको सम्झनामा माल्यार्पण गरेका छन् ।

प्रधानमन्त्री देउवासहित गृहमन्त्री बालकृष्ण खाँण, काठमाण्डु महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य, नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा लगायतले शहीद स्तम्भमा पुगेर पुष्पगुच्छा अर्पण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement