शैलेन्द्र शरदको कानैमा ढुंग्री सार्वजनिक


काठमाडौं-  गीतकार शैलेन्द्र शरद (खनाल) को कानैमा ढुंग्रीको म्युजिक भिडियो सार्वजनिक भएको छ । स्मीता दाहालद्वारा स्वरबद्ध यो गीत ‘शरद २’ एल्बममा समावेश छ । गीतमा गैरे सुरेशको संगीत रहेको छ ।

संगीत संयोजन मनोज पौडेलले गरेको गीतको भिडियोमा कविता नेपाली र सञ्जय पोखरेल फिचर्ड छन् । प्रशान्त तामाङको कोरियोग्राफी रहेको भिडियोको निर्देशन समन अधिकारीले गरेका हुन् ।

यसअघि ‘शरद २’ एल्बममै समावेश यो मन उड्यो चरा बनी आकाशमा बोलको गीत निकै चर्चित बनेको थियो । एल्बममा ७ वटा गीत समावेश रहेको सङ्गीतकार गैरे सुरेशले बताए । शैलेन्द्र शरद सशस्त्र प्रहरी बलका महानिरीक्षक समेत हुन्, भने संगीतकार गैरे समेत सशस्त्र प्रहरी बलका प्रहरी नायब उपरिक्षक हुन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement