सैनिक अदालतले दियो पूर्वलडाकु गुरुङलाई १० वर्ष जेल सजाय


काठमाडौं – सशस्त्र द्वन्द्वको समयमा नेपाली सेनाबाट भागेर जनमुक्ति सेनामा प्रवेश गरेका पूर्वमाओवादी लडाकु शक्ति गुरुङलाई सैनिक अदालतले १० वर्ष जेल सजाय तोकेको छ ।

गोरखा आरुघाट–९ का गुरुङलाई भविष्यमा समेत सरकारी सेवामा अयोग्य हुने गरी सैनिक अदालतले फैसला सुनाएको जंगी अड्डाका प्रवक्ता विज्ञानदेव पाण्डेले जानकारी दिए ।

२०६३ साल साउन ३० गते हतियारसहित भागेका गुरुङलार्य १३ वर्षपछि जेल सजाय सुनाइएको हो । सैनिक प्रवक्ता पाण्डेका अनुसार सैनिक ऐन, २०६३ मा भएको हातहतियार, गोलीगठ्ठासहित भगौडा सम्बन्धी कसूरमा मुद्दा चलेको थियो ।

अदालतको फैसलालाई प्रधानसेनापति पूर्णचन्द्र थापाले सदर गरेपछि गुरुङलाई जिल्ला कारागार चितवन पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement