मध्यपूर्वमा थप १ हजार सैनिक तैनाथ गर्दै अमेरिका


एजेन्सी – ओमानको खाडीमा गत साता दुईवटा तेल ट्यांकरमा भएको हमलासँग जोडिएका केही स्याटलाइट तस्बिरहरु अमेरिकाले सार्वजनिक गरेको छ । उक्त सार्वजनिक तस्वीरसँगै अमेरिकाले मध्यपूर्वमा एक हजार अतिरिक्त सैनिक तैनाथ गर्ने निर्णय गरेको छ ।

पेन्टागनबाट सार्वजनिक भएका तस्बिरहरुमा इरानी सैनिक हमलामा परेको जापानी कोकुका करेजियस जहाजबाट विस्फोटक सामग्री हटाउँदै गरेको देखिएका छन् । अर्को तस्बिरमा कोकुका जहाजमा टूलो प्वाल परेको समेत देखिएको बताइन्छ ।

अमेरिकाले हमलाको जिम्मेवार इरान भन्दै आरोप लगाएको छ । इरानले पनि अमेरिकाको आरोप गलत भएको बताउँदै आएको छ ।

अमेरिकाले औपचारिक रुपमै आफ्ना अतिरिक्त सेना तैनाथ गर्ने निर्णय गरेको अन्तर्रा्ष्ट्रिय मिडिया जनाउँछन् । अमेरिकाका कार्यवाहक रक्षामन्त्री पेट्रिक सेनहनले सोमबार यस्तो जानकारी दिएका हुन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement