सैन्य उपकरणमा भारत अमेरिका वा रुस कसमा निर्भर छ ? यसो भन्छन् विशेषज्ञ


एजेन्सी – प्रधानमन्त्री नरेन्द्र मोदीले २५ फेब्रुअरीमा विश्वका सबै शक्तिशाली देबकाबीच भारतीय सेना अमेरिकी सैनिकसँग सबैभन्दा बढी तालिम गर्ने बताएका थिए ।

अमेरिका र भारतीय सेनाबीचको पारस्परिक सम्बन्ध अत्यन्त राम्रो भएको पनि उनले बताएका थिए । यसको जवाफमा भारतले अमेरिकी एमएच–६० आर सीहक तथा अपाचे हेलिकप्टर किन्नुलाई सही भन्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यी शब्दको प्रयोग गरे, “हाम्रा सैनिकले प्रशिक्षण दिन र साथमा काम गर्न जारी राख्नेछन् । भारतको विदेशी देशका साथ सैन्य प्रविधि सम्बन्धमा रुस सबैभन्दा अगाडि रहेको छ । भारतीय सैन्य प्रविधि उपकरणमा रुसको हिस्सा ६० प्रतिशत भन्दा बढी रहेको छ ।”

गत वर्ष रुसी सममाचार एजेन्सी तासले भारतले करिब १४.५ अर्ब डलरको हतियार तथा सैन्य उपकरणको खरिदको अर्डर दिएको उल्लेख गरेको थियो । भारतीय वायु सेना, थल सेना र नौसनोको आकार र मात्राको हिसाबबाट विश्वको एक मात्र त्यस्तो सेना हो, जसमा अमेरिका र रुस दुवै मुलुकको हतियारलाई प्रमुख स्थान दिइएको छ ।

२०१४ देखि २०१८को बीच भारत विश्वकै दोस्रो ठूलो सैन्य हतियार खरिद गर्ने देश बनेको थियो । स्टकहोम इन्टरनेशनल पीस रिसर्च इन्सटिच्यूट (सीप्रि) का अनुसार विश्वभरी बिक्री गरिएको हतियारमा १० प्रतिशत भारतले खरिद गर्दैै आएको छ ।

यी सबैको के अर्थ रहन्छ भने भारतले आपूmले चाहे अनुसारको हतियार किन्न सक्छ । भारतलाई आफ्नो पैसाको प्रयोगको स्वतन्त्रता रहेको छ । भारतीय नौसेनाको प्रवक्ता रहेका क्याप्टेन डीके शर्मा (रिटायर्ड) भन्छन्,“इतिहासबाट यो स्पष्ट हुन्छ कि हामीले सबै अण्डालाई एकै टोकरीमा राख्ने जस्तो गल्ती कहिले गरेका छैनौ । सैन्य उपरकणका लागि केवल एक स्रोतमा निर्भर रहेका छैनौ ।

हामी आफ्नो स्वायत्तता कायम राख्नका लागि सफल भएका छौ । त्यसैले राफेल फ्रान्सबाट, पी–८ आई तथा एमएच–६० आर हेलिकप्टर अमेरिका र हावामा सुरक्षा गर्ने एस–४०० सिस्टम रुसबाट आएको छ ।”

उनी भन्छन्, “भारतीय वायु सेनाको उदाहरण हेर्नुस । सुखोाई विमान रुसबाट आएको थियो । जगुवार बेलायतबाट । फ्रान्स पनि अन्य आपूर्तिकर्ता देश थियो । यी फरक–फरक देशबाट उपकरण खरिदको असर हाम्रो सिस्टममा देखिएको छ ।”

क्याप्टेन शर्माका अनुसार,“यदी हामी आयातमा यती धेरै निर्भर नभएको भए बाहिर जाने पैसा आफ्नै देशमा रहन्थ्यो । यही राफेल सम्झौताम पनि भइरहेको छ ।”

विशेषज्ञ के भन्छन् ?
रक्षा अनुसन्धान एवं विकास संस्थान (डीआरडीओ) का पूवै वैज्ञानिक तथा प्रवक्ता रवि गुप्ता भन्छन्, “भारत परमाणुबाट चल्ने पन्डुब्बी बनाउन सक्छ । अन्तरमहाद्विपिय ब्यालेस्टिक मिसाइल बनाउन सक्छ । ब्यालेस्टिक मिसाइल लन्च गर्ने पनडुब्बी बनाउन सक्छ । यती मात्रै होइनकि एन्टि स्याटेलाइट मिसाइल तयार गर्न सक्छ । हामी जुन आयात गर्दै आएका छौ, त्यो भन्दा यी सब उत्तम छन् । कत्तिको अचम्मको छ यो । मेरो दृष्टिकोणमा यो आयातमा प्रतिबन्ध लगाउने इच्छा शक्तिसँग सम्बन्धित रहेको छ । तर म ग्यारेन्टी दिन्छु की यदी इच्छा शक्ति देखाउने हो भने हाम्रो स्वदेशी प्रविधि अधिक राम्रो परिणाम दिन सक्छ ।”

प्रतिक्रिया दिनुहोस
Advertisement