यी रुटमा चल्न थाल्यो साझाको रात्रीकालिन बस


काठमाडौं – साझा यातायातले काठमाडौंको राजधानीमा रात्रीकालिन बस सेवा सुरु गरेको छ ।
साझाले काठमाडौं महानगरपालिका भित्र ३ वटा रुटमा रात्रीकालिन सेवा शुरु गरेको हो ।

हाल संचालनमा आएको साझाको रात्रिकालिन बस न्यूरोड गेट–लाजिम्पाट–नारायणगोपाल चोक हुदै सोही बाटो फर्कनेछ ।

त्यस्तै दोस्रो रुट न्यूरोडबाट छुटेर त्रिपुरेश्वर–कालिमाटी हुदै कलंकी पुगेर सोही रुट फर्कीने छ । त्यसैगरी तेस्रो रुट न्यूरोड–नयाँ बानेश्वर–एयरपोर्ट–गौशाला–चावहिल हुदै नयाँबसपार्क पुगेर सोही रुट फिर्ता हुनेछ ।

राती ९ बजेदेखि संचालनमा आउने यी रात्रीबसको भाडा भने दिवा सरह नै भएको साझाका प्रवन्धक महेन्द्र राज पाण्डेयले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement