साझाले भोलिदेखि ८ वटा रुटमा २६ वटा बस चलाउने, साविककोभन्दा ५० प्रतिशत बढी भाडा लिने


काठमाडौं – भोली बिहीबारदेखी साझा यातायातले सेवा दिने भएको छ । साझाका २६ वटा बसले ८ वटा रुटमा सेवा दिने तयारी थालेको छ । लगनखेलबाट गोदावरी, थानकोट, लामाटार, बालाजु, सूर्यविनायकसहित साझा चल्दै आएका सबै रुटमा बस चल्नेछन् ।

साझाले सरकारले तोकेअनुसार साविककोभन्दा ५० प्रतिशत बढी भाडा लिने भएको छ । सरकारले तोकेका सबै मापदण्ड पालना गरिने साझाका निमित्त प्रमुख कार्यकारी अधिकृत महेन्दराज पाण्डेयले जानकारी दिए । यात्रुले अनिवार्य मास्क लगाउनु पर्ने र खुद्रा रकमको व्यवस्था गर्नु पर्ने छ । बसभित्र यात्रुलाई भीड नगर्न र व्यक्तिगत दूरी कायम राख्न साझाले आग्रह गरेको छ ।

सोमबारबाट मयूर, संयुक्त, महानगर, सुन्दर यातायातले राजधानीमा सार्वजनिक बस सेवा सञ्चालन गरिसकेका छन् । सरकारले काठमाडौं उपत्यका लगायत सम्बन्धित जिल्लाभित्र सवारी साधन चलाउन दिने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement