सज्जा चौलागाईंले जितिन ‘नेपाल आइडल’ सिजन–३ को उपाधि


काठमाण्डु – ‘नेपाल आइडल’ सिजन–३ को उपाधि सज्जा चौलागाईंले हात पारेकी छिन् ।

शुक्रबार भएको फाइनल राउण्डमा प्रवीण बेडुवाल र किरण कुमार भुजेललाई पछि पार्दै सज्जा विजेता भएकी हुन् ।

जितसँगै सज्जाले नगद ५० लाख नगद प्राप्त गरेकी छन् । त्यस्तै फष्ट रनरअप प्रविण वेडुवालले १५ लाख र सेकेन्ड रनरअप किरणले ५ लाख रुपैयाँ प्राप्त गरेका छन् ।

मोरङ पथरीकी सज्जा रक पप र भर्सटायल गायकीकाको रुपमा परिचित भएकी छिन् । कोरोना भाइरसका कारण आइडलको फिनालेमा सीमित मानिस र दर्शकको उपस्थितिमा विजेता घोषणा गरिएको छ ।

आइडल प्रोजेक्ट हेड सुरेश पौडेल हुन् । कार्यक्रमको निर्णायक मण्डलमा इन्दिरा जोशी, न्ह्यु वज्राचार्य र कालीप्रसाद बाँस्कोटा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement