कक्षा ९ मा अध्यनरत साक्षातले गाए जातीय विभेदविरुद्धको गीत (भिडियो)


काठमाण्डु – ललितपुरस्थित ज्ञानोदय बालबालिकामा कक्षा ९ मा अध्यनरत १४ वर्षीय साक्षात पन्तले जातीय विभेदविरुद्ध र्याप गीत गाएका छन् । उनकोआफ्नै शब्दमा रहेको म्युजिक भिडियो आज यूट्युब च्यानलमार्फत सार्वजनिक गरेका हुन् ।

समाजमा भइरहेको जातीय विभेदविरुद्धकोआवाजको रुपमा उनले यो गीत गाएको बताएका छन् ।जाजरकोटका नवराजविक र उनका साथीहरुलाई गैरदलितले मारेको घटनालाई लिएर आफूलाई भित्रैबाट छोएको र यो अधिकारको विषय हो भन्ने लागेर गीत लेखेको बताए ।

उनले भने, ‘मलाई नवराज र उनका साथीहरुलाई मारेको कुराले एकदमै नरमाइलो लाग्यो ।सबैजना बराबर हौं तर किन यस्तो हुन्छ भन्ने मनमा आयो र त्यही कुरालाई शब्दमा उतारेको हुँ ।गीत नै बन्ला भनेर पनि मैले लेखेको हैन् । यो मेरो मनको भाव मात्र हो’, उनले थपे, ‘म गैरदलित परिवारमा जन्मे हुर्केको हूँ, तर मलाई घर र विद्यालयमा सबै मानिसहरु समान हुन्छन भनेर सिकाइएकाले , नवराजको हत्याले मलाई अत्यन्त दुखी तुल्यायो । यसैले मैले आफ्ना भावनाहरूले खेंर ती लाइनहरूलाई र्याप गीतमा रूपान्तरण गर्ने निर्णय गरें ।’

पन्तको गीत एकदलित युवकाविरुद्ध तथा कथित उच्च जातीमा मानिसहरुले गरेको क्रुरताको कल्पना हो । गत जेठमा रुकुम पश्चिमका तथा कथित उच्च जातीका मानिसहरुद्धारा मारिएका जाजरकोटका युवा नवराज विकबाट प्रेरित पन्तको म्युजिक भिडियो आफनो अधिकार पुनः प्राप्तिका लागि प्रयासरत युवाको परिचयबाट शुरु हुन्छ ।’

म्यूजिक भिडियोमा कोरस गायकका रुपमा उनलाई अदिती अधिकारीले साथ दिएकी छिन् । अमन प्रधानले गीतको कोरस कम्पोज गरेका हुन् । संगीत संयोजन र म्युजिक भिडियाको निर्देशन राहुल प्रधानले गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement