सल्यानमा १२ फरार अभियुक्त पक्राउ


सल्यान – जिल्ला प्रहरी कार्यालयले विभिन्न अभियोगमा फरार १२ प्रतिवादीलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सवारी ज्यान मुद्दाका यज्ञबहादुर बोहरा, मोहन केसी, घनश्याम घर्ती, सम्बन्धविच्छेद मुद्दाका असारे सुनार, करकाप मुद्दाका चित्रबहादुर राना, नाता कायम मुद्दाका गणेश वली रहेका छन् ।

यस्तै लुटपाट मुद्दाका चन्द्रबहादुर वली, कुटपिट मुद्दाका नीमकुमारी घर्ती, सुनिता पुन, सम्झना पाण्डे, धनी घर्ती र विविध मुद्दाका प्रेमबहादुर खत्रीलाई पक्राउ गरिएको कार्यालयका प्रहरी प्रमुख ढकेन्द्र खतिवडाले जानकारी दिए ।

प्रहरीले विभिन्न मितिमा जिल्ला अदालतद्वारा फैसला सुनाइएका उनीहरुलाई घरमै लुकीछिपी बसिरहेको अवस्थामा पक्राउ गरेको जनाएको छ । जिल्लामा आपराधिक घटनामा समेत कमी आएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement