सलमान खानलाई फेरि ज्यान मार्ने धम्की


काठमाण्डु- बलिउड अभिनेता सलमान खानलाई फेरि ज्यान मार्ने धम्की आएको छ । सोमबार एक व्यक्तिले मुम्बई पुलिसलाई फोन गरेर सलमान खानलाई मार्ने धम्की दिएका हुन्।

धम्की दिने व्यक्तिले आफ्नो नाम ‘रकी भाई’ बताएको प्रहरीले जानकारी दिएको छ । ती व्यक्तिले आफू राजस्थानको जोधपुरबाट भएको र ३० अप्रिलमा सलमानलाई मार्ने धम्की दिएका हुन् ।

सलमानलाई बारम्बार ज्यान मार्ने धम्की आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement