‘बिग बोस’ बाट सलमानले हरेक हप्ता ३१ करोड पारिश्रमिक लिने


एजेन्सी – बलिउडका चर्चित अभिनेता सलमान खानले रियालिटी शो ‘बिग बोस’ मार्फत हरेक हप्ता ३१ करोड भारु पउने भएका छन् ।

सलमानले ‘बिग बोस’ को अपकमिङ शोमा होस्ट गरेबापत हरेक हप्ता ३१ करोड भारु कमाउने भएका हुन् । शो हप्तामा दुई दिन अर्थात् शनिबार र आइतबार चल्नेछ ।

२६ एपिसोडको कार्यक्रममा सलमानको कमाइ चार अर्ब तीन करोड भारु हुनेछ । गत वर्ष उनले हरेक एपिसोडको १२ देखि १४ करोड भारु लिएका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement